
मंसिर १८ काठमाडौं जारी १३औं दक्षिण एसियाली खेलकुद सागमा नेपालको स्वर्णपदक २५ पुगेको छ। दीपक हमालले उसुमा र अनुपमा मगरले करातेमा एक-एकवटा स्वर्ण पदक जितेपछि नेपालले अहिले सम्म पाएको स्वर्ण पदकको सङ्ख्या २५ पुगेको हो।
हमालले उसुको पुरुष नान क्वानमा भारतका साजन लामालाई पराजित गरेका थिए। पाकिस्तानका मोहम्मद दाउदले काश्य पदक जिते।
मगरले ६८ किलो तौल समूहमा पाकिस्तानी खेलाडीलाई पराजित गरेर स्वर्ण पदक हात पारेकी हुन्।
अहिलेसम्म नेपाली खेलाडीहरूले तेक्वान्दो, एथलेटिक्स, उसु, ट्रायथलन र करातेमा स्वर्ण पदक जितेका छन्। नेपाल पदक तालिकाको शिर्षस्थानमा छ भने भारतले पछ्याइरहेको छ।
© 2025 All right reserved to Sunaulonepal.com | Site By : SobizTrend
© 2025 All right reserved to Sunaulonepal.com | Site By : SobizTrend