logo

२०८१ बैशाख ११ मंगलबार

logo
  • मंगलबार, ११ बैशाख २०८१
  • पार्टी परित्याग गर्दै न्यौपानेले भने : नेकपा एकीकृत समाजवादीले परिचय दिएपनि पहिचान दिन सकेन

    पार्टी परित्याग गर्दै न्यौपानेले भने : नेकपा एकीकृत समाजवादीले परिचय दिएपनि पहिचान दिन सकेन

    3.1K
    Shares
    पार्टी परित्याग गर्दै न्यौपानेले भने : नेकपा एकीकृत समाजवादीले परिचय दिएपनि पहिचान दिन सकेन

    काठमाडौं । नेकपा (एकीकृत समाजवादी) का वरिष्ठ नेता मुकुन्द न्यौपानेले पार्टी परित्याग गरेका छन् ।
    शनिवार काठमाडौंमा पत्रकार सम्मेलन गर्दै उनले पार्टी परित्याग गरेको औपचारिक घोषणा गरेका हुन् ।

    पत्रकार सम्मेलनमा बोल्दै उनले नेकपा (एकीकृत समाजवादी) ले परिचय दिएपनि पहिचान दिन नसकेको आरोप लगाए । उनले एकीकृत समाजवादी पार्टी अवसरवादमा लिप्त भएको आरोप लगाए ।

    उनले सांसदको लागि झगडा गर्ने, सांसद पाउनासाथ मन्त्री पाउन लफडा गर्ने, जति खाएपनि नअघाउने, जति भरे पनि नभरिने मानिसहरु मात्रै माधवकुमार नेपाल नेतृत्वको पार्टीमा रहेको दाबी गरे । उनले भविष्य नभएको पार्टीको सदस्य हुनुभन्दा सम्मानित नागरिक भएर जिउनु जीवनको लागि महत्वपूर्ण कुरा हो भन्ने सोचेर आफूले नेकपा (एकीकृत समाजवादी पार्टी परित्याग गरेको घोषणा गरे । उनले आफू अब नेकपा एमालेमा नै फर्किने बताउँदै देशभरका नेता कार्यकर्ताहरू समेटेर एमालेमा समाहित हुने तयारी रहेको बताए । उनले नेकपा (एकीकृत समाजवादी) पार्टीका सम्मानित नेता झलनाथ खनालसमेत सम्मानित पद दिए एमालेमा नै फर्किने मनस्थितिमा रहेको दाबीसमेत गरे ।

    सम्बन्धित समाचार
    ताजा अपडेट
    धेरै पढिएको
      © 2024 All right reserved to Sunaulonepal.com  | Site By : SobizTrend