logo

२०८१ मंसिर १४ शुक्रबार

logo
  • शुक्रबार, १४ मंसिर २०८१
  • गिरिजाप्रसाद कोइराला स्मृति राष्ट्रिय चौथो पुरुष हक्की प्रतियोगिता: प्रहरी, त्रिभुवन क्लब, सुदूरपश्चिम र मधेस प्रदेश सेमिफाइनलमा

    गिरिजाप्रसाद कोइराला स्मृति राष्ट्रिय चौथो पुरुष हक्की प्रतियोगिता: प्रहरी, त्रिभुवन क्लब, सुदूरपश्चिम र मधेस प्रदेश सेमिफाइनलमा

    1.1K
    Shares
    गिरिजाप्रसाद कोइराला स्मृति राष्ट्रिय चौथो पुरुष हक्की प्रतियोगिता: प्रहरी, त्रिभुवन क्लब, सुदूरपश्चिम र मधेस प्रदेश सेमिफाइनलमा

    काठमाडौँ । गिरिजाप्रसाद कोइराला स्मृति राष्ट्रिय चौथो पुरुष हक्की प्रतियोगिताको सेमिफाइनलमा नेपाली सेनाको त्रिभुवन क्लब, नेपाल प्रहरी, सुदूरपश्चिम र मधेस प्रदेश पुगेका छन् ।

    विराटनगरको सहिद रङ्शालामा आज सम्पन्न भएको लिग चरणको खेलअन्तर्गत समूह ‘ए’तर्फ नेपाली सेनाको त्रिभुवन आर्मी क्लब पहिलो र दोस्रो स्थानमा नेपाल प्रहरी छन् । यस्तै समूह ‘बी’तर्फ पहिलो सुदूरपश्चिम र दोस्रो मधेस प्रदेश छन् ।

    विराटनगरको शहीद रङ्गशालामा आज भएको पहिलो खेलमा सुदूरपश्चिम प्रदेशले मधेस प्रदेशलाई ५–३ गोलले पराजित गरेको छ । सुदूरपश्चिमका दीपकराज जोशीले दुई, धीरेन्द्रबहादुर, शेरबहादुर चन्द र महेश नेपालीले एक–एक गोल गरेका थिए ।

    मधेस प्रदेशका विशाल क्षेत्री, रुपक दाहाल र रुपेश राईले एक–एक गोल गरेका थिए । खेलको म्यान अफ दि म्याच सुदूरपश्चिमका महेश नेपाली भएका छन् ।

    त्यस्तै अर्को खेलमा गण्डकी र कर्णाली प्रदेशबीच २–२ गोलले बराबरी भएको छ । गण्डकीका सङ्गम जेटी र असिम बाहेकले एक–एक गोल गरे भने कर्णालीका जीवन राउतले दुई गोल गरेका थिए । खेलको म्यान अफ दि म्याच कर्णालीका राउत भएका थिए ।

    प्रतियोगिताको आइतबार हुने सेमिफाइनलको पहिलो खेल त्रिभुवन क्लब र मधेस प्रदेश तथा दोस्रो खेल सुदूरपश्चिम र नेपाल प्रहरीका बीच प्रतिस्पर्धा हुनेछ ।

    सम्बन्धित समाचार
    ताजा अपडेट
    धेरै पढिएको
    © 2024 All right reserved to Sunaulonepal.com  | Site By : SobizTrend