बुधबार, असार २५ २०८२

बुधबार, असार २५ २०८२

अतिरिक्त शुल्क फिर्ताको माग गर्दै चिकित्सा क्षेत्रका विद्यार्थीले गरे बोर्ड परिक्षा बहिष्कार

अतिरिक्त शुल्क फिर्ताको माग गर्दै चिकित्सा क्षेत्रका विद्यार्थीले गरे बोर्ड परिक्षा बहिष्कार

मंसिर १९ काठमाडौं चिकित्सा शिक्षा अध्ययनरत विद्यार्थीहरूले अतिरिक्त शुल्क फिर्ताको माग गर्दै पहिलो वर्षको परीक्षा बहिष्कार गरेका छन् । युनिभर्सल मेडिकल कलेज, चितवन मेडिकल कलेज, नेसनल मेडिकल कलेज, जानकी मेडिकल कलेज र गण्डकी मेडिकल कलेजका विद्यार्थीले एमबिबिएस पहिलो वर्षको परीक्षा बहिस्कार गरेका हुन्।

चिकित्सा शिक्षा अध्ययनरत विद्यार्थीहरूले अतिरिक्त शुल्क फिर्ताको माग गर्दै पहिलो वर्षको परीक्षा बहिष्कार गरेका छन् । एमबिबिएस पहिलो र दोस्रो वर्षमा उठाइएको गैरकानुनी शुल्क फिर्ता गर्ने सहमति मंसिर १० गते भएको थियो। शिक्षा मन्त्रालय र मेडिकल कलेज सञ्चालकबीच भएको उक्त सहमति ‘अमूर्त’ रहेको भन्दै विद्यार्थीले त्यसलाई अस्वीकार गर्दै परीक्षा बहिस्कार गरेका हुन्। बुधबारदेखि सुरू भएको नर्सिङ, फार्मेसी, बिएमआइटीलगायत आठ वटा संकायका विद्यार्थीले पनि परीक्षा बहिस्कार गरेका थिए।

मेडिकल कलेजले विद्यार्थीबाट गैरकानुनी रूपमा लिएको बढी शुल्क फिर्ता गर्नुपर्ने माग गर्दै देशैभरका मेडिकल शिक्षा अध्ययनरत विद्यार्थी विगत तीन महिनाभन्दा लामो समयदेखि आन्दोलनमा रहेका छन्। पछिल्लो समय सरकार र मेडिकल कलेजबीच भएको सहमतिप्रति पनि असहमति जनाउँदै विद्यार्थीले आन्दोलनलाई जारी राखेका छन्।

ताजा अपडेट
लोकप्रिय
सम्बन्धित समाचार

© 2025 All right reserved to Sunaulonepal.com | Site By : SobizTrend

© 2025 All right reserved to Sunaulonepal.com | Site By : SobizTrend