
मंसिर १९ काठमाडौं पौडीमा नेपालकी गौरीका सिंहले स्वर्ण पदक जितेकी छन्। बिहीबार भएको दुई सय मिटर प्रि–स्टाइल पौडीमा भारतकी सुभांगी सिंहलाई पछाडि पार्दै गौरीकाले स्वर्ण जितेकी हुन्।
यो दक्षिण एसियाली खेलकुदमा उनको मात्र होइन, व्यक्तिगततर्फ नेपालकै पहिलो स्वर्ण हो । यसअघि १९९९ मा नेपालमै भएको आठौं सागमा नेपालले टिम इभेन्टमा स्वर्ण जितेको थियो । गौरिकाले भने २०१६ को सागमा रजत पदक जितेकी थिइन् ।
© 2025 All right reserved to Sunaulonepal.com | Site By : SobizTrend
© 2025 All right reserved to Sunaulonepal.com | Site By : SobizTrend