शुक्रबार, बैशाख ५ २०८२

शुक्रबार, बैशाख ५ २०८२

भारतका सुनिल दवारलाई पछि पार्दै नेपाली धावक गोपिचन्द्र पार्कीले हात पारे स्वर्णपदक

भारतका सुनिल दवारलाई पछि पार्दै नेपाली धावक गोपिचन्द्र पार्कीले हात पारे स्वर्णपदक

मंसिर २० काठमाडौं १३ औँ दक्षिण एशियाली खेलकूद प्रतियोगिता (साग) अन्तर्गत एथ्लेटिक्सको पाँच हजार मिटर दौडमा नेपाली धावक गोपिचन्द्र पार्कीले स्वर्णपदक हासिल गरेका छन् ।

त्रिपुरेश्वरस्थित दशरथ रङ्गशालामा आज विहान भएको खेलमा उनले निर्धारित दूरी १४ मिनेट ५४.२० सेकेन्डमा पूरा गर्दै स्वर्णपदक हात पारेका हुन् । एथ्लेटिक्समा नेपालले जितेको यो दोस्रो स्वर्णपदक हो । यसअघि सन्तोषी श्रेष्ठले महिला १० हजार मिटर दौडमा नेपाललाई स्वर्णपदक दिलाएका थिए ।

सोही स्पर्धामा नेपालकै हरिकुमार रिमालले कास्यपदक हासिल गरे । रिमालले १४ मिनेट ५७.०५ सेकेन्डमा दौड पूरा गरे । भारतका सुनिल दवारले १४ मिनेट ५५.२१ सेकेन्डको समयसहित रजत पदक हात पारे ।

ताजा अपडेट
लोकप्रिय
सम्बन्धित समाचार

© 2025 All right reserved to Sunaulonepal.com | Site By : SobizTrend

© 2025 All right reserved to Sunaulonepal.com | Site By : SobizTrend