सोमबार, बैशाख ८ २०८२

सोमबार, बैशाख ८ २०८२

डाक्टरलाई बलात्कार गरि मार्ने ४ जनालाई सोही ठाउँमा लगेर प्रहरीले गोली ठोकेर मार्यो

डाक्टरलाई बलात्कार गरि मार्ने ४ जनालाई सोही ठाउँमा लगेर प्रहरीले गोली ठोकेर मार्यो

मंसिर २० काठमाडौं भारतको हैदरावादमा एक महिला पशु चिकित्सकलाई बलात्कारपछि हत्या गरेर जलाउने ४ अभियुक्तलाई प्रदेश प्रहरीले शुक्रबार बिहान इन्काउन्टरमा मारेको छ । शुक्रबार बिहान प्रहरीले ती अभियुक्तलाई घटनाबारे थप जानकारी लिनका लागि घटनास्थलमा लगेको थियो । घटनास्थलमा पुगे लगत्तै अभियुक्तहरुले प्रहरीको बन्दुक खोसेर भाग्न खोजेपछि उनीहरुलाई गोली प्रहार गरिएको तेलगू प्रहरीले जनाएको छ ।

प्रहरीले अभियुक्तहरुलाई शुक्रबार बिहान साढे ३ बजे बैंगलुरु–हैदरावाद राजमार्गमा पर्ने चट्टानपाली गाउँ नजिकै लगेको थियो । प्रहरीका अनुसार अभियुक्तहरुलाई कसरी महिलाको हत्या गरेको भन्ने विषयमा सोधपुछ गर्ने क्रममा प्रहरीमाथि नै जाइ लाग्न खोजेपछि प्रतिकारमा उनीहरु मारिएका थिए ।

मारिनेहरुमा मोहम्मद अलि अलियास मोहम्मद अरिफ,जोलु शिवा,जोलु नविन कुमार र चिन्ताकुन्ता चिना केशुभुला रहेका छन् । उनीहरु प्रहरीमाथि नै जाइ लागेका थिए । अघिल्लो साता उनीहरुले २६ वर्षीय एक भेटनरी डाक्टरलाई बलात्कारपछि हत्या गरेका थिए ।

ताजा अपडेट
लोकप्रिय
सम्बन्धित समाचार

© 2025 All right reserved to Sunaulonepal.com | Site By : SobizTrend

© 2025 All right reserved to Sunaulonepal.com | Site By : SobizTrend