logo

२०८१ मंसिर १४ शुक्रबार

logo
  • शुक्रबार, १४ मंसिर २०८१
  • केपी ओली युवा प्रतिभा पुरस्कारद्वारा कप्तान रोहित पौडेल सम्मानित

    केपी ओली युवा प्रतिभा पुरस्कारद्वारा कप्तान रोहित पौडेल सम्मानित

    889
    Shares
    केपी ओली युवा प्रतिभा पुरस्कारद्वारा कप्तान रोहित पौडेल सम्मानित

    बाँके । राष्ट्रिय क्रिकेट टोलीका कप्तान रोहित पौडेललाई केपी ओली राष्ट्रिय युवा प्रतिभा पुरस्कारबाट  सम्मान  गरिएको छ ।

    आईसीसी विश्व कप क्रिकेट लिग–२ मा उत्कृष्ट प्रदर्शन गर्दै टोलीलाई विश्व कप छनोटमा पुर्‍याउन भूमिका खेलेको भन्दै कप्तान पौडेललाई यो पुरस्कारबाट सम्मान गरिएको हो ।

    नेपालगञ्जमा आज सोमवारदेखि सुरु भएको युवा सङ्घ नेपालको नवौँ राष्ट्रिय महाधिवेशनको उद्घाटन समारोहमा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले कप्तान पौडेललाई एक लाख रुपियाँको चेकसहित ट्रफी प्रदान गरे ।

    कार्यक्रममा बोल्दै अध्यक्ष ओलीले पार्टीको प्रमुख उद्देश्य आर्थिक विकास र समृद्धि भएको बताए। एमालेले तीन वर्षको अवधिमा विकास र समृद्धिका लागि नमुनायोग्य काम गरेको दाबी गर्दै उनले वर्तमान सत्ता गठबन्धनले देशको आर्थिक अवस्था ध्वस्त बनाएको आरोप लगाए ।

    यो महाधिवेशन नयाँ नेतृत्व चयन गर्दै चैत २९ गते सम्पन्न हुनेछ । महाधिवेशनमा झन्डै दुई हजार जना प्रतिनिधिको सहभागिता रहेको छ ।


    सुनाैलाे नेपाल
    सम्बन्धित समाचार
    ताजा अपडेट
    धेरै पढिएको
    © 2024 All right reserved to Sunaulonepal.com  | Site By : SobizTrend