शनिबार, जेष्ठ १० २०८२

शनिबार, जेष्ठ १० २०८२

माल्दिभ्सविरुद्ध नेपालले गर्यो १६४ रनको लक्ष्य प्रस्तुत

माल्दिभ्सविरुद्ध नेपालले गर्यो १६४ रनको लक्ष्य प्रस्तुत

मंसिर २० काठमाडौं १३औँ दक्षिण एसियाली खेलकुद (साग) क्रिकेटमा नेपालले माल्दिभ्सविरुद्ध १६४ रनको लक्ष्य प्रस्तुत गरेको छ। आज कीर्तिपुरस्थित टियु खेलमैदानमा भएको खेलमा नेपालले २० ओभरमा ७ विकेट गुमाउंदै १६३ रन बनायो।

यसअघि नेपाल श्रीलंकासँग पराजित भएको छ भने भुटानविरुद्ध १४१ को रनको बिशाल जित दर्ता गरेको छ। दुई खेलबाट दुई अंक जोडेको नेपाल अंक तालिकाको तेस्रो स्थानमा छ । तीन खेलबाट श्रीलंका अपराजित ६ अंकसहित शीर्ष स्थानमा छ भने बांग्लादेश पनि दुई खेलबाट अपराजित चार अंक सहित दोस्रो स्थानमा छ ।

भारत र पाकिस्तान सहभागी नभएको क्रिकेट खेलमा नेपालले स्वर्ण जित्ने लक्ष्यका साथ अगाडी बढिरहेको कप्तान ज्ञानेन्द्र मल्लले बताएका छन्।

ताजा अपडेट
लोकप्रिय
सम्बन्धित समाचार

© 2025 All right reserved to Sunaulonepal.com | Site By : SobizTrend

© 2025 All right reserved to Sunaulonepal.com | Site By : SobizTrend