
मंसिर २० काठमाडौं १३ औं दक्षिण एशियाली खेलकुद (साग) क्रिकेटमा नेपालले माल्दिभ्सलाई ८४ रनले पराजित गरेको छ।
आज शुक्रबार कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा भएको खेलमा नेपालले माल्दिभ्सलाई पराजित गरेको हो।
नेपालले टस जितेर पहिलो ब्याटिङ गर्दै माल्दिभ्सलाई १६४ रनको लक्ष्य दिएको थियो। मादिभ्सले ६ विकेट गुमाएर २० ओभरमा ७९ रन मात्रै बनाउन सक्यो।
© 2025 All right reserved to Sunaulonepal.com | Site By : SobizTrend
© 2025 All right reserved to Sunaulonepal.com | Site By : SobizTrend