
मंसिर २१ काठमाडौं १३ औँ दक्षिण एसियाली खेलकुद सागमा नेपाल बंगलादेशसंग पराजित भएको छ। आज कीर्तिपुरस्थित त्रिवि क्रिकेट स्टेडियममा भएको खेलमा बंगलादेशले नेपाललाई ४४ रनले हराएको हो।
टस हारेर पहिले ब्याटिङ गरेको बंगलादेशले निर्धारित २० ओभरमा ६ विकेट गुमाउंदै १५५ रन बनायो। कप्तान नजमुल हुसैन शान्तो र अफिफ हुसैनले अर्धशतकिय पारी खेले। शान्तोले नटआउट ७५ रन बनाए भने हुसैनले २८ बलमा ५२ रन बनाए।
१५६ रनको लक्ष्य पछ्याएको नेपालले २० ओभरमा ९ विकेटको क्षतिमा १११ रन मात्रै बनाउन सक्यो। यससंगै स्वर्ण जित्ने नेपालको सम्भावना सकिएको छ।
© 2025 All right reserved to Sunaulonepal.com | Site By : SobizTrend
© 2025 All right reserved to Sunaulonepal.com | Site By : SobizTrend