logo

२०८१ बैशाख १२ बुधबार

logo
  • बुधबार, १२ बैशाख २०८१
  • दरबार हत्याकाण्डबारे ‘खण्डहर दरबार’ प्रकाशित

    दरबार हत्याकाण्डबारे ‘खण्डहर दरबार’ प्रकाशित

    2.3K
    Shares
    दरबार हत्याकाण्डबारे ‘खण्डहर दरबार’ प्रकाशित

    काठमाडौँ । लेखक नगेन्द्र न्यौपानेको नयाँ उपन्यास ‘खण्डहर दरबार’ प्रकाशित भएको छ । बिएन पुस्तक संसार प्रालिले लेखक न्यौपानेको उपन्यास भर्खरै सार्वजनिक भएको हो ।

    ‘दरबार हत्याकाण्डबारे थुप्रै पुस्तक बजारमा आएका छन्’ लेखक न्यौपानले भने, ‘तर यो पुस्तकले दरबार हत्याकाण्डको सत्यतथ्य बाहिर ल्याएको छ ।’ ‘ठुलो षड्यन्त्र भयो दरबारमा । राजा वीरेन्द्रको वंश नाश गरियो तर दोष चाहिँ युवराज दीपेन्द्रमाथि थोपरियो । जुन् कुरा जनताले पत्याउन सकेका थिएनन् । उपन्यासमा दरबार हत्याकाण्डमा नखुलेका रहस्य उजागर गरिएको छ ।’ उपन्यासले दरबार हत्यकाण्डको घटनालाई विस्तृत रुपमा बाहिर ल्याएको उनले बताए ।

    ‘खण्डहर दरबार नेपाली जनताले खोजेको पुस्तक हो । यसले आम जनतामाथि न्याय त गर्ने नै छ यसको साथै तत्कालीन युवराज दीपेन्द्रमाथि समेत न्याय गर्ने छ ।’ प्रकाशन गृहका कार्यकारी प्रमुख सूर्य बिसीले बताए ।

    लेखक न्यौपानेको यो दशौँ कृति हो । यसअघि उनको ‘दरबारबाहिरकी महारानी’ निकै रुचाइएको पुस्तक हो । उपन्यासको बजार मुल्य ५२५ रहेका छन् ।


    सुनाैलाे नेपाल
    सम्बन्धित समाचार
    ताजा अपडेट
    धेरै पढिएको
      © 2024 All right reserved to Sunaulonepal.com  | Site By : SobizTrend