logo

२०८१ मंसिर ८ शनिबार

logo
  • शनिबार, ८ मंसिर २०८१
  • नयाँ वर्षमा आइएमई पेले ल्यायो ‘आइएमई पेसँग २०८० १००% खुशी’ अफर

    नयाँ वर्षमा आइएमई पेले ल्यायो ‘आइएमई पेसँग २०८० १००% खुशी’ अफर

    1.3K
    Shares

     

    काठमाडौं । आइएमई ग्रुप अन्तर्गत “आइएमई डिजिटल सोलुसन लमिटिेड”को “आइएमई पे” ले नयाँ वर्ष २०८० लाई स्वागत गर्दै “आइएमई पेसँग २०८०, १००% खुशी” नामक अफर सार्वजनिक गरेको छ । २०८० बैशाख १ देखि ३१ गते सम्म सञ्चालन हुने यस अफर अवधिभर प्रत्येक हप्ता आइएमई पेको विभिन्न सेवा सुबिधा प्रयोग गर्नु हुने १० भाग्यशाली सेवाग्राहीहरुले १००% क्यासब्याक प्राप्त गर्नेछन् ।

    सो अफरमा सहभागी हुनका लागि सेवाग्राहीहरुले आइएमई पे मार्फत भिसा कार्ड, पि टु पि, क्यु आर, हावाई टिकट खरिद, रेमिट्यान्स लगायत आदी सेवा प्रयोग गरी कारोबार गर्नुपर्नेछ । ग्राहकवर्गलाई आइएमई पेबाट सजिलै विधुत्तिय भुक्तानी गर्न प्रेरित गर्ने उदेश्यका साथ यो अफर सञ्चालन गरिएको हो ।

    आइएमई पे:

    नेपालको पहिलो भुक्तानी सेवा प्रदायक आइएमई डिजिटल सोलुसन लिमिटेडद्वारा ‘आइएमई पे’ (वालेट एप) भुक्तानी सेवा प्रदायक हो । नेपाल राष्ट्र बैंकको भुक्तानी तथा फछ्र्यौट विनियमावली- २०७२ बमोजिम आइएमई डिजिटल दुरसञ्चार सञ्जालको माध्यमबाट मोवाईल वालेट सेवा प्रदान गर्ने पहिलो कम्पनी हो ।

    आइएमई पे मोवाईल वालेट मार्फत सेवाग्राही आफैले अथवा एजेन्टहरु मार्फत विभिन्न किसिमको भुक्तानी कार्यहरु गर्न सक्नेछन । यसले व्यक्ति-व्यक्ति बीचमा हुने सामान्य रकम ट्रान्स्फर गर्ने सुबिधा देखि लिएर विभिन्न अनलाइन तथा स्थलगत स्टोरहरुमा QR स्कान गरी भुक्तान गर्ने, मोबाईल रिचार्ज गर्ने, र विभिन्न घरायसी तथा कार्यालयका बिलहरु भुक्तान गर्न मिल्ने सेवा प्रदान गर्दै आइरहेको छ । यस मोबाईल वालेटमा ब्याज तथा विभिन्न क्यासब्याकहरुको पनि सुबिधा उपलब्ध छ । आइएमई डिजिटल सोलुसन लिमिटेडले बैंकको सुबिधाबाट वञ्चित तथा न्यून बैंकिङ सुबिधा प्राप्त सम्पूणर् सर्वसाधारण जनतालाई वित्तिय सेवाहरुको पहुँच उपलब्ध गराएर नेपालको वित्तिय समावेशीकरणमा योगदान पुर्‍याउने लक्ष्य लिएको छ । २० लाखभन्दा बढि ग्राहकहरुलाई सिधै मोबाईल वालेट एप तथा एजेन्टहरु मार्फत आइएमई पे ले विद्युतीय भुक्तानी सेवा प्रदान गर्न सफल भएको छ ।


    सुनाैलाे नेपाल
    सम्बन्धित समाचार
    ताजा अपडेट
    धेरै पढिएको
    © 2024 All right reserved to Sunaulonepal.com  | Site By : SobizTrend