logo

२०८१ मंसिर १४ शुक्रबार

logo
  • शुक्रबार, १४ मंसिर २०८१
  • प्रथम पोष्टबहादुर बोगटी स्मृति कपः एपिएफ सेमिफाइनलमा

    प्रथम पोष्टबहादुर बोगटी स्मृति कपः एपिएफ सेमिफाइनलमा

    1.6K
    Shares
    प्रथम पोष्टबहादुर बोगटी स्मृति कपः एपिएफ सेमिफाइनलमा

    काठमाडौँ । विभागीय टोली नेपाल एपिएफ क्लव प्रथम पोष्टबहादुर बोगटी स्मृति कप राष्ट्रिय पुरुष भलिबल प्रतियोगिताको सेमिफाइनलमा प्रवेश गरेको छ । बिहीवारको  खेलसँगै  राजधानीमा  जारी  प्रतियोगितामा  सेमिफाइनल समिकरण  पूरा  भएको हो ।

    त्रिपुरेश्वरस्थित राष्ट्रिय खेलकुद परिषद्को कभर्डहलमा भएको लिगको अन्तिम खेलमा एपिएफले सुदूरपश्चिम प्रदेशलाई ३–१ को सेटमा पराजित गरेको हो । पहिलो सेट गुमाएपनि एपिएफले बाँकी सेटमा पुनरागमन गर्दै खेलमा फर्किन सफल भएको हो ।

    पहिलो सेट २३–२५ ले गुमाएको एपिएफले दोस्रो सेटमा २५–१८ को सहज जित निकाल्दा सेट १–१ को बराबरीमा पुगेको थियो । त्यसपछिको सेटमा शुरुवातबाट नै अग्रता लिएर अगाडि बढेको एपिएफले तेस्रो सेटमा २५–१२ र चौथो सेटमा २५–२१ को जित निकाल्दै अन्तिम चारमा स्थान बनाएको हो । रोमाञ्चक पुनरागमन गरेको एपिएफ मिफाइनल पुग्ने अन्तिम टोली बन्यो ।

    प्रतियोगितामा एपीएफसहित ३ विभागीय टोली सहभागी भएकोमा त्रिभुवन आर्मी र नेपाल पुलिसले सेमिफाइनलमा स्थान सुरक्षित गरिसकेका छन् । गण्डकी प्रदेश पनि सेमिफाइनलमा पुगिसकेको छ ।

    प्रतियोगितामा पहिलो सेमिफाइनलमा एपिएफको भेट आर्मीसँग हुनेछ । दोस्रो सेमिफाइनल पुलिस र गण्डकीबीच हुनेछ । दुवै सेमिफाइनल शुक्रवार हुनेछन् ।

    सम्बन्धित समाचार
    ताजा अपडेट
    धेरै पढिएको
    © 2024 All right reserved to Sunaulonepal.com  | Site By : SobizTrend