logo

२०८१ माघ १२ शनिबार

logo
  • शनिबार, १२ माघ २०८१
  • Advertisment

    Sunaulo Nepal

    आजको मौसम : यी स्थानहरूमा हावाहुरीसहित वर्षाको सम्भावना

    आजको मौसम : यी स्थानहरूमा हावाहुरीसहित वर्षाको सम्भावना

    1.2K
    Shares
    आजको मौसम : यी स्थानहरूमा हावाहुरीसहित वर्षाको सम्भावना

     

    काठमाडौँ । हाल देशमा स्थानीय वायुको साथै पश्चिमी वायुको आंशिक प्रभाव रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। जसको प्रभावले यति वेला देशका पहाडी भू–भागहरूमा आंशिक बदली रही बाँकी भू–भागको मौसम सामान्यतया सफा रहेको छ।

    आज दिउँसो देशका पहाडी भू–भागमा आंशिक देखि सामान्य बदली रहने छ। । देशका पहाडी भू-भागका एक–दुई स्थानमा चट्याङ्ग सहित क्षणिक वर्षाको सम्भावना रहेको छ। साथै लुम्बिनी र सुदूरपश्चिम प्रदेशका तराईका थोरै स्थानहरूमा हावा–हुरीको समेत सम्भावना रहेको छ ।

    शनिबार भने सुदूरपश्चिम तथा कर्णाली प्रदेशका पहाडी भू-भागका थोरै स्थान र बाँकी भू–भागका एकदुई स्थानमा चट्याङ्गसहित क्षणिक वर्षाको सम्भावना रहेको छ।


    सुनाैलाे नेपाल
    सम्बन्धित समाचार
    ताजा अपडेट
    धेरै पढिएको
    © 2025 All right reserved to Sunaulonepal.com  | Site By : SobizTrend