काठमाडौं । युरोपा लिग क्वाटरफाइनलको पहिलो लेगमा दुई आत्मघाती गोल गर्दा म्यानचेष्टर युनाइटेड सेभियासँग बराबरीमा रोकिएको छ । खेलको अन्त्यतिर आत्मघाती गोल गरेपछि म्यानचेष्टर युनाइटेड सेभियासँग २–२ को बराबरीमा रोकिएको हो ।
घरेलु मैदान ओल्ड ट्राफोर्डमा पहिलो हाफमै दुई गोलको अग्रता बनाएको युनाइटेडले अन्तिम ६ मिनेटमा दुई आत्मघाती गोल उपहार दिएको थियो । युनाइटेडका लागि मार्सेल सबतिजरले १४औं र २१औं मिनेटमा गोल गर्दै अग्रता दिलाएका थिए ।
दोस्रो लेग अप्रिल २० मा सेभियाको मैदानमा हुनेछ ।