
२३ मंसिर, काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले पर्सि बुधबार १३औं दक्षिण एसियाली खेलकुद (साग)मा पदक जित्ने खेलाडीहरुका लागि प्रोत्साहन प्याकेज घोषणा गर्नुहुने भएको छ ।
समापन समारोहको अघिल्लो दिन आयोजित पत्रकार सम्मेलनमा राष्ट्रिय खेलकुद परिषद्का सदस्य सचिव रमेश सिलवालले भने, ‘सम्भवत: पर्सि प्रधानमन्त्रीले खेल क्षेत्रलाई सम्बोधन गर्नुहुनेछ र हालसम्मकै ठूलो प्रोत्साहन प्याकेज घोषणा गर्नु हुनेछ ।’
सागको समापन समारोहमा भने प्रमुख अतिथि उपप्रधानमन्त्री तथा रक्षामन्त्री ईश्वर पोखरेल छन् । समापन कार्यक्रम भोलि ५ बजे त्रिपुरेश्वरस्थित दशरथ रंगशलामा हुनेछ ।
त्यसअघि ३ बजेबाट नेपाल र भुटानबीच पुरुष फुटबलको फाइनल खेल हुनेछ । सिलवालकाअनुसार भुटानी समर्थकहरुका लागि छुट्टै स्थान छुट्याइएको छ ।
करिव ८ हजार टिकट वितरण गरिनेछ ।
© 2025 All right reserved to Sunaulonepal.com | Site By : SobizTrend
© 2025 All right reserved to Sunaulonepal.com | Site By : SobizTrend