आइतबार, असार २९ २०८२

आइतबार, असार २९ २०८२

प्रधानमन्त्रीका प्रेस सल्लाहकार सुर्य थापा र युवा संगठनका अध्यक्ष सापकोटाको जुहारी स्याल देखि ढेंडुसम्म…

प्रधानमन्त्रीका प्रेस सल्लाहकार सुर्य थापा र युवा संगठनका अध्यक्ष सापकोटाको जुहारी स्याल देखि ढेंडुसम्म…

मङ्सिर २५ काठमाडौं प्रधानमन्त्री केपी शर्मा ओलीका प्रेस सल्लाहकार सुर्य थापा र नेकपानिकट युवा संगठन रास्ट्रिय युवा संघ नेपालका संयोजक रामप्रसाद सापकोटा दीपशिखाबीच सामाजिक संजालमा जुहारी चलेको छ।

थापाले कुरा नबुझ्नेहरुलाई छि छि गर्दै ढेंडु र स्यालको संज्ञा दिएपछि सामाजिक सञ्जाल फेसबुक तातेको छ। थापाले सोमबार एक दैनिक पत्रिकामा छापिएको समाचार आफ्नो फेसबुक वालबाट सेयर गर्दै समाचारभित्रको केही अंशलाई कोट गरेका थिए। जसलाई धेरैले आलोचना गरेका थिए।

यसरी आक्रोशपूर्ण ढंगले आलोचना भएपछि थापाले कमेन्टमाथि आक्रोशित खण्डन गर्दै स्टाटस लेखे। उनले लेखे, ‘मेरो स्टाटस हो कि, अरूको लेख शेयर गरेको भनेर छुट्याउन समेत नसक्ने मनुवा हुन् कि ढेंडु? कति असभ्य र घृणित रहेछन् एउटा लेखसम्म पढ्न औकात र हैसियत नराख्ने स्यालहरू? छि: छि:! मान्छे बन्न कति गार्ह्रो परेको तिनलाई?’

उनको यो स्टाटसमाथि आपत्ति जनाउँदै दीपशिखाले फेसबुकमै स्टाटस लेखे। उनले लेखेका छन्, तिम्रो भाषा र शैली हेर्दा ३ कक्षा भर्ना गरेर नैतिक शिक्षा पढाउन पर्ने देखियो !

ताजा अपडेट
लोकप्रिय
सम्बन्धित समाचार

© 2025 All right reserved to Sunaulonepal.com | Site By : SobizTrend

© 2025 All right reserved to Sunaulonepal.com | Site By : SobizTrend