मंगलबार, बैशाख ९ २०८२

मंगलबार, बैशाख ९ २०८२

पदक विजेता खेलाडीलाई प्रधानमन्त्री ओलीको सरप्राइज: स्वर्ण जित्नेलाई ९, रजत जित्नेलाई ६ र कास्य जित्नेलाई ३ लाख दिने घोषणा

पदक विजेता खेलाडीलाई प्रधानमन्त्री ओलीको सरप्राइज: स्वर्ण जित्नेलाई ९, रजत जित्नेलाई ६ र कास्य जित्नेलाई ३ लाख दिने घोषणा

मङ्सिर २५ काठमाडौं प्रधानमन्त्री केपी शर्मा ओलीले १३ औं सागमा स्वर्ण जित्ने प्रत्येक खेलाडीलाई सरकारले ९ लाख रुपैयाँ दिने घोषणा गर्नुभएको छ । त्यस्तै रजत जित्नेलाई ६ र कास्य जित्नेलाई ३ लाख दिने घोषणा प्रधानमन्त्री ओलीले गर्नुभएको हो। बुधबार सागका पदक विजेता खेलाडीलाई बोलाएर प्रधानमन्त्री केपी ओलीले आफ्नै निवासमा यो घोषणा गर्नुभएको हो

ओलीले साग प्रतियोगितामा दुईभन्दा बढी स्वर्ण जित्ने खेलाडीलाई सरकारले जनही ११ लाख दिने घोषणा गर्नुभयो। अघिल्लो सागमा भने सरकारले स्वर्ण विजेतालाई पाँच लाख, रजतलाई तीन र कास्यलाई दुई लाख दिएको थियो। मंगलबार सम्पन्न सागमा नेपालले ५१ स्वर्ण, ६० रजत र ९५ कास्य पदक जितेको छ।

ताजा अपडेट
लोकप्रिय
सम्बन्धित समाचार

© 2025 All right reserved to Sunaulonepal.com | Site By : SobizTrend

© 2025 All right reserved to Sunaulonepal.com | Site By : SobizTrend