मंगलबार, बैशाख ९ २०८२

मंगलबार, बैशाख ९ २०८२

काठमाडौँबाट सिधा बस सेवामा जोडिदै कुश्मिशेरा र बरेङ, नगरपालिकामै छ साँघुरो सडक

काठमाडौँबाट सिधा बस सेवामा जोडिदै कुश्मिशेरा र बरेङ, नगरपालिकामै छ साँघुरो सडक

२७ मङ्सिर काठमाडौँ, बाग्लुंगको जैमुनी नगरपालिकाको कुश्मिसेरा र बरेङ गाउपलिकाको मुख्य केन्द्र बरेङ बजार काठमाडौँ देखि सिधा बस सेवामा जोडिएका छन । सुपर संयुक्त यातायात प्रालिले काठमाडौँबाट झन्डै ३०० किलोमिटर टाढा रहेको बाग्लुङ्गको दक्षिण भेग सम्मको यात्रा तय गरेपछि बाग्लुङ्गका दक्षिण भेगका गाउहरु राजधानी संग जोडिएका हुन्। बरेङ देखि डिलक्स बस सहित स्तरिय सेवा पाएपछि सेवा क्षेत्र भित्रका सर्बसाधारणमा उत्साहित देखिन्छन तर ग्रामिण इलाकाका बाटाहरुको कमजोर गुणस्तरले यातायात ब्यबसायीलाई भने चिन्तित बनाएको छ ।

खासगरी जैमुनी नगरपालिकाको केन्द्र कुश्मिसेरा बजार देखि नाम्दुक सम्मको साँघुरो बाटोको कारण केहि समस्या देखिएको छ सुपर संयुक्त यातायात प्रालिका अध्यक्षा राम कृष्ण थापाले सुनौलो नेपालसंग भने ” सर्बसाधारणहरु व्यापक उत्साह छ हामी सेवा दिन हरदम तत्पर छौ बाटोको स्तर सुधारमा नगरपालिकाले केहि ध्यान दिएर लाग्ने हो भने यो बाटोमा १२ महिनानै गाडी गुड्छ” । यसैबीच बाटो सुधार गरी सहज तरिकाले गाडी गुड्ने भएमा पौष २० देखि २५ गते भित्रमा बरेंग देखि कुश्मिशेरा मालढुंगा, पोखरा नारायणगढ हुँदै सिन्धुली सम्मको लागि सेवा बिस्तारको योजनामा कम्पनि रहेको अध्यक्ष थापाले बताए ।

यो रुटमा संचालन हुने बस बाट बाग्लुङको दक्षिण भेग मात्र नभएर गुल्मी जिल्लाको कालिगण्डकी गाउँपालिका ,चन्द्रकोट गाउँपालिका लगायतका सर्वसाधारले पनि सेवा लिन सक्ने बताईएको छ ।

 

ताजा अपडेट
लोकप्रिय
सम्बन्धित समाचार

© 2025 All right reserved to Sunaulonepal.com | Site By : SobizTrend

© 2025 All right reserved to Sunaulonepal.com | Site By : SobizTrend