
सुनौलो नेपाल – पूर्वमिस नेपाल शृंखला खतिवडाले यौन हिंसाको सिकार हुनुपरेको बताएकी छन्। महिला सशक्तिकरणसम्बन्धी विभिन्न गतिविधिमा सक्रिय उनले बाल्यकालमा यौन हिँसाको सिकार भएको बताएकी हुन्।
महिलाहरु विभिन्न कारणले यौन हिंसाको सिकार हुने गरेका छन्। बाल्यकालमा म आफै यौन हिंसाको सिकार भएकी थिएँ। म ह्यारासमेन्टको सिकार भएको थाहा पाउन धेरै समय लाग्यो,’ उनले भनिन्,‘महिलाहरु कतैपनि सुरक्षित छैनन्।’ सामाजिक सञ्जालमा सक्रिय पूर्वमिस नेपाल खतिवडा पुरुष र महिलाको विभेद कम नहुन्जेल महिला र बालिकामाथि हुने यौन हिंसामा कमी नआउने बताउँछिन्।
© 2025 All right reserved to Sunaulonepal.com | Site By : SobizTrend
© 2025 All right reserved to Sunaulonepal.com | Site By : SobizTrend