सुनौलो नेपाल – पोखरामा जारी पोखरा प्रिमियर लिगमा काठमाडौं गोल्डेन वारियर्सले पहिलो जित निकालेको छ। शुरुवाती २ खेलमा पराजय भोगेको काठमाडौंले आज धनगढी ब्लुजलाई १ सय ६ रनले हराउँदै पहिलो जित हात पारेको हो।
टस हारेर ब्याटिङमा उत्रिएको काठमाडौंले निर्धारित १७ ओभरमा ५ विकेट गुमाउँदै १८५ रन बनाएको थियो।मल्लले सानदार शतक प्रहार गरेका छन्। मल्लले ३७ बलमा ९ छक्का र ७ चौकाको मद्दतमा सतक प्रहार गरेका हुन। यो पिपिएलको पहिलो शतक हो।
पोखरा क्रिकेट रंगशालामा भइरहेको खेलमा मल्लले यो सतक आफ्नी छोरीलाई समर्पण गरेका छन्। पहिलो खेलमा पल्टनसँग पराजित भएको काठमाडौं दोस्रो खेलमा बुटवल बलास्टर्ससँग सुपर ओभरमा पारजित भएको थियो । त्यसैले काठमाडौंका लागि आजको खेल महत्वपूर्ण रहेको छ । उता धनगढी लगातार दोस्रो जितको खोजिमा हुनेछ ।
१८६ रनको विसाल लक्ष लिएर जवाफी ब्याटिङमा उत्रिएको धनगढीको ब्याटिङ फितलो रह्यो। श्रीमन्था विजयारत्नेको १५ रन र रोड्रगो थोमसको १० रन बाहेक धनगढीका अरु ब्याट्सम्यान चल्न सकेनन्। काठमाडौंका बसन्त रेग्मीले ३ विकेट लिँदा पवन सर्राफ र सुवोध भाटीले समान २/२ विकेट लिए। त्यस्तै अमृत भट्टराई र शुसन भारीले समान १/१ विकेट लिए।
© 2025 All right reserved to Sunaulonepal.com | Site By : SobizTrend
© 2025 All right reserved to Sunaulonepal.com | Site By : SobizTrend