logo

२०८१ बैशाख ११ मंगलबार

logo
  • मंगलबार, ११ बैशाख २०८१
  • कवि वीरशाली पन्तको स्मृतिमा ‘वीरशाली पन्त स्मृति कोष’ स्थापना

    कवि वीरशाली पन्तको स्मृतिमा ‘वीरशाली पन्त स्मृति कोष’ स्थापना

    1.8K
    Shares
    कवि वीरशाली पन्तको स्मृतिमा ‘वीरशाली पन्त स्मृति कोष’ स्थापना

    गलकोट । प्राथमिककालीन भक्तिधाराका कवि वीरशाली पन्तको स्मृतिमा पाँच लाखको ‘वीरशाली पन्त स्मृति कोष’ स्थापना गरिएको छ । कवि पन्तको ऐतिहासिक महत्वलाई जीवन्त बनाउने उद्देश्यले अक्षयकोष स्थापना गरिएको हो ।

    कोष सञ्चालनका लागि बागलुङ नगरपालिकाको संरक्षकत्वमा प्राज्ञ प्रेम छोटाको अध्यक्षतामा सात सदस्यीय प्रबन्ध समिति गठन गरिएको छ ।

    कोषको उपाध्यक्षमा शिक्षासेवी महेशचन्द्र प्रधान, सदस्य सचिव उपप्राध्यापक हरिप्रसाद पाण्डेय, कोषाध्यक्ष गोविन्द गौतम रहेका छन् । यसैगरी, समितिका सदस्यहरुमा क्याम्पस प्रमुख प्राडा रामप्रसाद उपाध्याय, वरिष्ठ अधिवक्ता काजिगाउँले श्रेष्ठ र पन्त समाज बागलुङका अध्यक्ष तथा गुप्तेश्वरी बहुमुखी क्याम्पप्रमुख ज्ञानेन्द्र पन्त रहेका छन् ।

    प्रत्येक वर्ष राष्ट्रिय, प्रादेशिक र स्थानीयस्तरमा भाषा साहित्य कला र संस्कृतिको क्षेत्रमा उल्लेखनीय योगदान पुर्‍याउनेलाई २५ हजार नगदसहित ‘वीरशाली पन्त गौरवमय पुरस्कार’ गर्ने निर्णय भएको छ ।

    कोषको सञ्चालनका लागि बागलुङ नगरपालिकाबाट पाँच लाख कोषका नाममा जम्मा गरिएको अध्यक्ष प्राज्ञ प्रेम छोटाले जानकारी दिए । सो कोषको ब्याजबाट बर्सेनि प्रदान गरिने पुरस्कार सम्मान र मूलधनको वृद्धिका आधारमा पुरस्कारको राशिमा पनि वृद्धि गर्दै लैजाने उद्देश्य रहेको बताएको छ ।


    सुनाैलाे नेपाल
    सम्बन्धित समाचार
    ताजा अपडेट
    धेरै पढिएको
      © 2024 All right reserved to Sunaulonepal.com  | Site By : SobizTrend