शुक्रबार, बैशाख ५ २०८२

शुक्रबार, बैशाख ५ २०८२

चितवनको एक प्लाई उद्योगमा आगलागी, लाखौँको क्षति

चितवनको एक प्लाई उद्योगमा आगलागी, लाखौँको क्षति

चितवन । पूर्विचितवनको एक प्लाई उद्योगमा आगलागी हुँदा लाखौँको क्षति भएको छ । राप्ती नगरपालिका ६ पम्फा पुल नजिकै रहेको ओम शिव मिल एण्ड भेनियल उद्योगमा आगलागी भएको जिल्ला प्रहरी कार्यालय चितवनले जनाएको छ ।

राम उप्रेतीले सञ्चालन गरेको प्लाई उद्योगमा अचानक विजुली सर्ट भई आगलागी भएको प्रहरीले जनाएको छ । नेपाली सेना, ससस्त्र प्रहरी, नेपाल प्रहरी र स्थानीय आगो नियन्त्रणमा खटिएका थिए ।

आज दिउँसो साढे ३ बजे लागेको आगो खैरहनी नगरपालीकाको २ वटा र भरतपुर महानगरपालिकाका १ वटा दम्कलको प्रयासमा साँझ ५ः२० बजे नियन्त्रणमा आएको प्रहरीले जनाकारी दिएको छ ।
क्षतिको विवरण आउन बाँकी रहे पनि लखौँको क्षति भएको स्थानीयको अनुमान छ ।

ताजा अपडेट
लोकप्रिय
सम्बन्धित समाचार

© 2025 All right reserved to Sunaulonepal.com | Site By : SobizTrend

© 2025 All right reserved to Sunaulonepal.com | Site By : SobizTrend