शुक्रबार, बैशाख ५ २०८२

शुक्रबार, बैशाख ५ २०८२

लिलाराम पौडेलको अध्यक्षतामा चितवन जिल्ला भारत्तोलन संघको ११ सदस्यीय कार्य समिति गठन

लिलाराम पौडेलको अध्यक्षतामा चितवन जिल्ला भारत्तोलन संघको ११ सदस्यीय कार्य समिति गठन

चितवन । चितवन जिल्ला भारत्तोलन संघको अध्यक्षमा लिलाराम पौडेललाई चयन गरिएको छ ।

आज (शुक्रबार) चितवन खेलकुद विकास संघमा नेपाल भारत्तोलन खेलका मुख्य प्रशिक्षक राम पौडेलको अध्यक्षतामा भएको विशेष भेलाले पौडेलको नेतृत्वमा सर्वसम्मतिले ११ सदस्यीय नयाँ कार्य समिति गठन गरेको हो ।

यस्तै भेलाले संघको उपाध्यक्षमा सविन खरेल र निरा थापा, कोषध्यक्षमा शिव पौडेल, सचिवमा विन्दुप्रसाद पोखरेललाई नियुक्त गरेको छ ।

संघको सदस्यहरुमा बलबहादुर पाख्रिन (घले), रविन्द्रराज श्रेष्ठ, कमलबहादुर अधिकारी, टेकबहादुर कार्की, रमि मिया अनसारी, आमान्त्रति सदस्य राम पौडेल रहेका छन् ।

ताजा अपडेट
लोकप्रिय
सम्बन्धित समाचार

© 2025 All right reserved to Sunaulonepal.com | Site By : SobizTrend

© 2025 All right reserved to Sunaulonepal.com | Site By : SobizTrend