logo

२०८१ मंसिर ८ शनिबार

logo
  • शनिबार, ८ मंसिर २०८१
  • ‘एउटा सपनाको अवसान’ मञ्चनको अवधि थपियो

    ‘एउटा सपनाको अवसान’ मञ्चनको अवधि थपियो

    1.2K
    Shares
    ‘एउटा सपनाको अवसान’ मञ्चनको अवधि थपियो

    काठमाडौँ । रङ्गकर्मी अनुप बरालको निर्देशनमा तयार भएको नाटक ‘यौटा सपनाको अवसान’ मण्डला नाटकघरमा गत मञ्चन भइरहेको छ ।

    सन् १९४९ मा अमेरिकामा पहिलो पटक मञ्चन भएको अमेरिकी नाटक ‘डेथ अफ अ सेल्समेन’लाई निर्देशक बरालले समसामयिक बनाएर प्रस्तुत गर्नुभएको हो । वैशाख १० गते नाटकको नियमित मञ्चन सकिए तापनि तीन दिनका लागि मञ्चन हुने अवधि थप गरिएको छ । नाटक अब सोमबार, मङ्गलबार र बुधबार पनि मञ्चन हुनेछ ।

    ‘दर्शकमार्फत प्राप्त प्रतिक्रियाकै आधारमा समय थप गरेका हौँ’, निर्देशक बरालले भने। लागत खर्चिलो हुँदा मञ्चन गरिहाल्ने हिम्मत जुटाउन नसकेको निर्देशक बरालले जानकारी दिए ।

    नयाँ नाटक गर्ने छलफलमा गोविन्द पराजुलीले निर्माणको अभिभारा लिनुभएपछि नाटक मञ्चन भएको हो । नाटकमा रोयदिभ श्रेष्ठ, शेखर चापागाइँ, दिव्यदेव, दिया मास्के, मेनुका प्रधान, विकास जोशी, उत्पल झालगायतका कलाकारले अभिनय गरेका छन् ।

    ‘ठूलो सेट र ठूलो कलाकारको समूह दोहोर्‍याएर जुटाउन गाह्रो छ । त्यसैले जुटेकै समयमा सोमबारको बिदामा पनि नाटक मञ्चन गर्दैछौँ’, निर्माता पराजुलीले भने।

    नाटकले सपनाको आकर्षणले मानिसलाई यन्त्रमा रुपान्तरण गर्ने र मानिस अधुरा आकांक्षा र सपनासँग जीवन त्याग गर्न बाध्य हुने कथा प्रस्तुत गर्छ ।

    नाटकको मञ्चन गएको वर्ष २०७९ चैत १० गतेदेखि सुरु भएको थियो ।


    सुनाैलाे नेपाल
    सम्बन्धित समाचार
    ताजा अपडेट
    धेरै पढिएको
    © 2024 All right reserved to Sunaulonepal.com  | Site By : SobizTrend