
काठमाडौँ- पार्टी केन्द्रीय कार्यालय धुम्बाराहीमा जारी नेकपा स्थायी कमिटीको बैठकले पार्टीको केन्द्रीय कमिटी बैठक आगामी पुस २० गतेदेखि गर्ने निर्णय गरेको छ।
स्थायी कमिटी बैठकको अन्तिम दिन केन्द्रीय कमिटी बैठक बोलाउने निर्णय भएको हो।
बैठकले बामदेव गौतमलाई उपाध्यक्ष बनाउन स्थायी सदस्यले गरेको प्रस्ताव अनुसार पार्टीको विधान संशोधन लगायत अन्य निर्णय गर्ने छ।
४ सय ४५ सदस्यीय केन्द्रीय समिति पार्टी एकताका बेला सदस्यको शपथग्रहण गर्ने कार्यक्रममा सीमित थियो।
© 2025 All right reserved to Sunaulonepal.com | Site By : SobizTrend
© 2025 All right reserved to Sunaulonepal.com | Site By : SobizTrend