आइतबार, असार २९ २०८२

आइतबार, असार २९ २०८२

पीपीएलमा आज दुई खेल हुँदै

पीपीएलमा आज दुई खेल हुँदै

काठमाडौं- दोस्रो संस्करणको पोखरा प्रिमियर लिग टी-ट्वान्टी क्रिकेट (पीपीएल) आज (आइतबार) दुई खेल हुँदैछ।

पहिलो खेल बिहान साढे ९ बजे शुरु हुनेछ । पोखरा रंगशालामा हुने पहिलो खेलमा विराटनगर टाईटन्स र चितवन राइनोजबीच प्रतिस्पर्धा हुनेछ। पारस खड्काको कप्तानीमा रहेको चितवन तीन खेलमा अपराजित रहँदै ६ शीर्ष स्थानमा छ । प्रदिप ऐरीको विराटनगरविरुद्ध जित निकाल्दै चितवन प्ले अफमा स्थान पक्का गर्न चाहन्छ।

विराटनगर ३ खेलमा २ अंक जोडेर तालिकाको चौंथो स्थानमा छ। विराटनगर चितवनविरुद्ध जित निकाल्दै प्ले अफको सम्भावना कायम राख्न चाहन्छ। दोस्रो खेल साढे १२ बजे शुरु हुनेछ । खेलमा बुटवल ब्लास्टर्स र एक्स्पर्ट धनगढीबीच प्रतिस्पर्धा हुनेछ।

तीन खेलमा ४ अंक जोडेको बुटवल तालिकाको तेस्रो स्थानमा छ । तीन खेलमा २ अंक जोडेको धनगढी तालिकाको पुछारमा छ।

ताजा अपडेट
लोकप्रिय
सम्बन्धित समाचार

© 2025 All right reserved to Sunaulonepal.com | Site By : SobizTrend

© 2025 All right reserved to Sunaulonepal.com | Site By : SobizTrend