बिहिबार, जेष्ठ ८ २०८२

बिहिबार, जेष्ठ ८ २०८२

ए डिभिजन लिग : आज सशस्त्र र हिमालयन शेर्पा भिड्दै

ए डिभिजन लिग : आज सशस्त्र र हिमालयन शेर्पा भिड्दै

काठमाडौं- जारी ए डिभिजन लिग फुटबल अन्तर्गत आज (आइतबार) एक खेल हुँदैछ ।

दशरथ रंगशालामा दिउँसो ३ बजेपछि शुरु हुने खेलमा विभागीय टोली सशस्त्र प्रहरीबल एपीएफ र हिमालयन शेर्पाबीच प्रतिस्पर्धा हुनेछ । लिग तालिकामा हिमायन शेर्पाले पहिलो खेलबाट १ अंक जोडेको छ । एपीएफ भने अंक बिहीन छ ।

शेर्पाले विभागीय नेपाल पुलिस क्लबलाई बराबरीमा रोक्दै लिगमा सुरुवात गरेको थियो । स्टार र अनुभवी खेलाडी बिनानै बलियो पुलिसलाई रोक्दै शेर्पा क्लबले लिगमा महत्वपुर्ण एक अंक जोडेको थियो ।

पहिलो चरणमा शेर्पा क्लबले पुलिससँग गोलरहित बराबरी खेलेको थियो । एपीएफ भने पहिलो खेलमै तीन अंक गुमाउन पुग्यो । एपीएफ गत सिजनको च्याम्पियन मनाङसँग २–० गोल अन्तरले पराजित भएको थियो ।

सम्बन्धित समाचार

© 2025 All right reserved to Sunaulonepal.com | Site By : SobizTrend

© 2025 All right reserved to Sunaulonepal.com | Site By : SobizTrend