बुधबार, बैशाख ३१ २०८२

बुधबार, बैशाख ३१ २०८२

डढेलोको संकटमा देश रहँदा बिदा मनाउन अमेरिका गएका अस्ट्रेलियाका प्रधानमन्त्रीले मागे माफी

डढेलोको संकटमा देश रहँदा बिदा मनाउन अमेरिका गएका अस्ट्रेलियाका प्रधानमन्त्रीले मागे माफी

देशमा डढेलोले विकराल रुप लिइरहेका बेला बिदा मनाउन अमेरिकाको हवाई गएको भन्दै तीव्र आलोचनाको सामना गरेका अस्ट्रेलियाका प्रधानमन्त्री स्कट मोरिसनले माफी मागेका छन् ।

आलोचना बढ्दै गएपछि प्रधानमन्त्री मोरिसन हवाई यात्रा छोट्याएर स्वदेश फर्किएका छन् । उनले स्वदेश फर्किएर देश संकटमा रहेका बेला बिदा मनाउन गएकोमा माफी मागेका हुन् । अहिले अस्ट्रेलियाका तीन राज्यमा डढेलोले उग्र रुप लिएको छ । शनिबार एक व्यक्ति मृत फेला परेका थिए।

अस्ट्रेलियामा गएको सेप्टेम्बरदेखि जंगली क्षेत्रमा आगलागी हुँदै आएको छ । अहिलेसम्म कम्तिमा ९ जनाको मृत्यु भएको छ । दशौँ लाख हेक्टरमा फैलिएको आगलागीका कारण ७०० भन्दा बढी घर ध्वस्त भएका छन् सेप्टेम्बर यता  प्रधानमन्त्री मोरिसनले माफी माग्दै भनेका छन्, ‘आफूहरु गम्भीर तनावमा रहेका बेला म भने परिवारसँग हवाईमा बिदा मनाएको कुराले नागरिकहरु निराश भएको थाहा पाएँ र यसलाई बुझेको पनि छु ।’

सम्बन्धित समाचार

© 2025 All right reserved to Sunaulonepal.com | Site By : SobizTrend

© 2025 All right reserved to Sunaulonepal.com | Site By : SobizTrend