शनिबार, जेष्ठ १० २०८२

शनिबार, जेष्ठ १० २०८२

गाउँपालीका अध्यक्षलाई श्रीमती सहित अपहरण

गाउँपालीका अध्यक्षलाई श्रीमती सहित अपहरण

दैलेख, ६ पुस । दैलेखको ठाँटीकाँध गाउँपालिकाका अध्यक्ष धीरबहादुर शाही र उनकी श्रीमती इला शाही अपहरणमा परेका छन् । अध्यक्ष र उहाँकी श्रीमतीलाई ठाँटीकाँध गाउँपालीकाका बडानम्बर २ श्रीपाटीमा रहेको उनको निजी निवासबाट अपहरण गरेको जनाइएको छ ।

उनीहरुलाई मध्यरात करिब १ बजे तिर विप्लव समूहले अपहरण गरेको प्रहरीले आशंका गरेको छ । अध्यक्ष दम्पतीको अपहरण भएको भन्नेबारे जानकारी आएको र उद्धारको लागि सुरक्षा रणनीति बनाइएको दैलेखका निमित्त प्रमुख जिल्ला अधिकारी इन्द्रबहादुर क्षेत्रीले जानकारी दिएका छन् ।

यसअघि गाउँपालीका अध्यक्षका भाइ हस्तबहादुर शाहीलाई पनि विप्लव समूहका कार्यकर्ताहरुले अपहरण समेत गरेर केही दिनपछि छाडेका थिए ।

ताजा अपडेट
लोकप्रिय
सम्बन्धित समाचार

© 2025 All right reserved to Sunaulonepal.com | Site By : SobizTrend

© 2025 All right reserved to Sunaulonepal.com | Site By : SobizTrend