कर्णाली । मुख्यमन्त्री राजकुमार शर्माले विश्वासको मत पाएका छन्। कर्णाली प्रदेशका मुख्यमन्त्रीलाई विश्वासको मत छ भन्ने पक्षमा २९ र विपक्षमा १० मत परेको छ।
मुख्यमन्त्रीलाई माओवादी केन्द्रका १३, नेपाली कांग्रेसका १४, नेकपा एकीकृत समाजवादीका एक र एक जना स्वतन्त्रताले विश्वासको मत दिएका हुन्।
राप्रपा र नेकपा एमाले विपक्षमा विश्वासको मत दिए। मुख्यमन्त्रीले तेस्रोपटक विश्वासको मत लिएका हुन्। मतदानमा ३९ जनाले भाग लिएका थिए।