
पौष ६ काठमाडौं नेपाल कम्युनिस्ट पार्टी नेकपा स्थायी कमिटी बैठकले विवादास्पद एमसिसी विधेयकको जिम्मेवारी सचिवालयलाई दिने निर्णय गरेको छ। आइतबार पार्टी कार्यालय धुम्बाराहीमा सम्पन्न बैठकले निर्णय लिन नसकेपछि सचिवालयलाई यसबारे निर्णय लिने अधिकार दिइएको प्रवक्ता नारायणकाजी श्रेष्ठले जानकारी दिए ।
एमसीसी अमेरिकाको इन्डो प्यासिफिक रणनीति अन्र्तगत भएको भन्दै नेकपाका नेताहरुले विरोध गरेका थिए । असंलग्न राष्ट्रका रुपमा रहेको नेपाल शक्ति राष्ट्रको रणनीतिक समूहमा रहन नहुने तर्क गर्नेहरु देखिएका थिए । स्थायी कमिटि बैठकमा रामबहादुर थापा बादल, भीम रावल, देव गुरुङ, योगेश भट्टराई, लिलामणि पोखरेल, रघुजी पन्त, जर्नादन शर्मालगायतले चर्को विरोध गरेका थिए ।
बैठकले अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ को राजनीतिक प्रतिवेदन संशोधनसहित पारित गरेको छ। त्यस्तै बैठकले पुस २३ मा केन्द्रीय समिति बैठक बोलाउने निर्णय समेत गरेको छ।
© 2025 All right reserved to Sunaulonepal.com | Site By : SobizTrend
© 2025 All right reserved to Sunaulonepal.com | Site By : SobizTrend