
पौष ७ काठमाडौं चावहिलस्थित पशुपति बहुमुखी क्याम्पसकी विद्यार्थीलाई यात्रुवाहक बसले ठक्कर दिएपछि विद्यार्थीहरूले प्रदर्शन गरेका छन्।
सोमबार बिहान बा ४ ख ५९२० नम्बरको बसले बिबिएस पढ्दै गरेकी २१ वर्षीया सृष्टि पन्तलाई ठक्कर दिएको थियो। बाटोमा हिँडिरहेको बेला बसले ठक्कर दिएकी पन्त गम्भीर घाइते भएकी छन्। उनको ओम अस्पतालमा उपचार भइरहेको छ।
क्याम्पसका विद्यार्थीहरुले अर्को गाडीमा आगजनी गरेका थिए । विद्यार्थीहरुले बा ४ ख ७१०१ नम्बरको बसमा आगजनी गरेका थिए भने बा ३ ख ४४३३ नम्बरको बसका सिसा तोडफोड गरिदिएका छन् ।
© 2025 All right reserved to Sunaulonepal.com | Site By : SobizTrend
© 2025 All right reserved to Sunaulonepal.com | Site By : SobizTrend