शनिबार, जेष्ठ १० २०८२

शनिबार, जेष्ठ १० २०८२

काठमाडौंबाट एकैदिन गैरकानुनी गतिविधिमा संलग्न ९२ चिनियाँ नागरिक पक्राउ

काठमाडौंबाट एकैदिन गैरकानुनी गतिविधिमा संलग्न ९२ चिनियाँ नागरिक पक्राउ

पौष ७ काठमाडौं राजधानीका विभिन्न स्थानबाट प्रहरीले ९२ चिनियाँ नागरिकलाई पक्राउ गरेको छ । नेपालमा पर्यटक भिसामा आई गैरकानुनी गतिविधिमा संलग्न रहेको अभियोगमा प्रहरीले उनीहरुलाई पक्राउ गरेको हो ।

केही दिनअघि मात्रै गृह मन्त्रालयमा बसेको सुरक्षा समितिको बैठकमा राजधानीका मनमैजु, बाँसबारी र सामाखुसीमा बसेर सेल्टर बनाई चिनियाँहरुले शंकास्पद गतिविधि गरेको रिर्पोट सुरक्षा प्रमुखहरुले गृहमन्त्री रामबहादुर थापा ‘बादल’ लाई बुझाएका थिए।

सोही रिर्पोटका आधारमा प्रहरी महानिरिक्षक सर्वेन्द्र खनालले प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो, महानगरीय प्रहरी अपराध महाशाखा र प्रहरी परिसर टेकुको एउटै टीम बनाएर अपरेशन गर्न निर्देशन दिएका हुन्। प्रहरी स्रोतले कस्तो शंकास्पद गतिविधि गरेको भन्नेबारे खुलाएको छैन।

ताजा अपडेट
लोकप्रिय
सम्बन्धित समाचार

© 2025 All right reserved to Sunaulonepal.com | Site By : SobizTrend

© 2025 All right reserved to Sunaulonepal.com | Site By : SobizTrend