बुधबार, असार ३२ २०८२

बुधबार, असार ३२ २०८२

हिटलरले त्रिभुवनलाई उपहार दिएको यो गाडी अब नारायणहिटी दरबार संङ्ग्रहालयमा राखिने

हिटलरले त्रिभुवनलाई उपहार दिएको यो गाडी अब नारायणहिटी दरबार संङ्ग्रहालयमा राखिने

पौष ८ काठमाडौं काठमाण्डूस्थित नारायणहिटी दरबार संङ्ग्रहालयमा नयाँ विशेषताहरू थपिने भएका छन्। नेपालमा राजतन्त्रको सुरुवातदेखि दरबार हत्याकाण्डसम्मको इतिहास ध्वनी र प्रकाशका माध्यमद्वारा देखाइने छ। अधिकारीहरूका अनुसार हालसम्म प्रदर्शनीमा नराखिएका राजसंस्थाले प्रयोग गर्ने हेलिकोप्टर, हवाई जहाजदेखि, बग्गी र अन्य सवारीसाधन समेत राखिने छन्।

संस्कृति मन्त्रालय मातहत रहेको उक्त सङ्ग्रहालय सञ्चालनका लागि हालै सरकारले दरबार सङ्ग्रहालय तथा गणतन्त्र स्मारक व्यवस्थापन तथा सञ्चालन विकास समिति गठन गरेसँगै उक्त सङ्ग्रहालयको प्रदर्शनीमा ती थप गरिन लागेका हुन्।

२०६५ साल फागुन १५ गते देखि नारायणहिटी दरबारलाई सङ्ग्रहालयका रूपमा सर्वसाधारका निम्ति पनि खुल्ला गरिएको थियो। उक्त सङ्ग्रहालयका कार्यकारी निर्देशक भेषनारायण दाहालले गुरू योजना तयार भइरहेको र त्यो पारित भएसँगै दरबारभित्र आम मानिसले हेर्न चाहेका थप वस्तुहरू प्रदर्शनीका लागि राखिने बताए।

उनले भने, “राजसंस्थाको सुरुवातदेखि दरबार हत्याकाण्डसम्मको इतिहास ध्वनी र प्रकाशका माध्यमद्वारा प्रदर्शन गर्छौं। त्रिभुवनलाई हिटलरले उपहार दिएको गाडी, राजाका बग्गीहरू, राजाले प्रयोग गरेका सवारीसाधनहरू सबै प्रदर्शनीमा ल्याइने छन्।” नेपाली सेनामार्फत् राजाले प्रयोग गरेका हेलिकोप्टर र हवाई जहाज हस्तान्तरण गर्न प्रक्रिया चलिरहेको र त्यस लगत्तै प्रदर्शनीमा राखिने बताइएको छ।

ताजा अपडेट
लोकप्रिय
सम्बन्धित समाचार

© 2025 All right reserved to Sunaulonepal.com | Site By : SobizTrend

© 2025 All right reserved to Sunaulonepal.com | Site By : SobizTrend