सोमबार, बैशाख ८ २०८२

सोमबार, बैशाख ८ २०८२

चाबहिल दुर्घटना सेलाउन नपाउँदै काठमाडौंको गुर्जुधारामा ट्रकको ठक्करबाट एक जनाको मृत्यु

चाबहिल दुर्घटना सेलाउन नपाउँदै काठमाडौंको गुर्जुधारामा ट्रकको ठक्करबाट एक जनाको मृत्यु

पौष ८ काठमाडौं हिजाे साेमबार बिहान मात्रै सुकेधारामा कलेज जान बाटाे काटिरहेकी सृष्टि पन्तकाे बसकाे ठक्करबाट ज्यान गएकाे थियाे । उनी चाबहिलस्थित पशुपति क्याम्पसमा अध्ययनरत थिइन् । यो घटना सेलाउन नपाउँदै गुर्जुधारामा मंगलबार बिहान ट्रकको ठक्करबाट एक जनाकाे ज्यान गएकाे छ ।

बिहान करिब सवा ६ बजेतिर चन्द्रागिरी नगरपालिका-७ थानकोट, चेकपोस्ट घर भएका ४१ वर्षीय अर्जुनबहादुर केसीकाे माेटरसाइकललाई ट्रकले ठक्कर दिएकाे हाे । केसी कलंकीस्थित एलआरआई स्कुलमा छोरालाई पुर्‍याउन मोटरसाइकलमा गइरहेका थिए । साेही बेला प्रदेश ३–०२–००९ प ७६२१ नम्बरको उनकाे मोटरसाइकललाई नम्बर नखुलेको ट्रकले ठक्कर दिएको प्रहरीले जनाएको छ ।

ठक्करबाट छाेरालाइ स्कुल पुर्‍याउन गएका बाबुकाे घटनास्थलमै मृत्यु भएकाे हाे । मोटरसाइकलमै रहेका अर्जुनका छोराको अवस्था भने ‘सामान्य घाइते’ रहेको प्रहरीले जनाएकाे छ । ठक्कर दिएर ट्रक भागेकाे बताइएकाे छ । उक्त सावरीबारे केही जानकारी नभएकाे र सडकका सिसिटिभी फुटेज चेकजाँच भइरहेको महानगरीय प्रहरी वृत्त थानकोटका डीएसपी घनश्याम श्रेष्ठले बताएका छन् ।

ताजा अपडेट
लोकप्रिय
सम्बन्धित समाचार

© 2025 All right reserved to Sunaulonepal.com | Site By : SobizTrend

© 2025 All right reserved to Sunaulonepal.com | Site By : SobizTrend