
पौष ८ काठमाडौं गत मंसिर १४ गते सम्पन्न भएको उपनिर्वाचनमा चितवनका तीनवटै वडाहरुमा सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी नेकपाका उम्मेदवारहरु पराजित भएका छन् । ती तीनवटा वडाहरुमा अघिल्लो पटक दुई वटामा नेपाली कांग्रेस र एउटामा तत्कालीन नेकपा (एमाले) का उम्मेदवार विजयी भएका थिए । अहिले सबै तीनवटै वडामा कांग्रेसका उम्मेदवारहरु जितेका छन् ।
नेकपाका अध्यक्ष तथा पूर्वप्रधानमन्त्री पुष्पकमल दाहालको निर्वाचन क्षेत्र चितवन–३ अन्तर्गत पर्ने भरतपुर् महानगरपालिकाको १६ नम्बर वडामा पार्टी एकीकरणपछि पनि नेकपा पराजित भयो। यसरी चितवनमा नेकपाले निर्वाचन हार्नुमा विभिन्न कारणहरुले प्रभाव पारेको जानकारहरु बताउँछन्।
तात्कालिन स्थानिय निकायको निर्वाचनमा भरतपुर महानगरमा मेयर पदमा प्रचण्डपुत्री रेणु दाहालसंग पराजित भएका नेकपा केन्द्रिय सदस्य देवी ज्ञवालीले चितवनमा यसरी चुनाव हार्नुमा नेकपाप्रति चितवनका जनताको मानसिकतामा नराम्रो प्रभाव पर्नु प्रमुख कारण रहेको बताएका छन्।
सुनौलो नेपालका लागि कुरा गर्दै उनले नेकपाका केहि कार्यकर्ता समेत संलग्न भइ निर्माणाधीन किर्केट रंगशालाको तारबार भत्काउने, ज्ञानेन्द्र शाही प्रकरण, रबि लामिछाने प्रकरण लगायतले पनि पराजयमा भूमिका खेलेको बताए।
लोकतन्त्रमा जित हार स्वभाविक भएको भन्दै उनले यो पराजयबाट पाठ सिक्दै आगामी निर्वाचनमा नेकपाले नै जित्ने दाबी गरे। हेर्नुहोस ज्ञवालीसंग सुनौलो नेपालका लागि मोहराज शर्माले गरेको कुराकानी:
© 2025 All right reserved to Sunaulonepal.com | Site By : SobizTrend
© 2025 All right reserved to Sunaulonepal.com | Site By : SobizTrend