
पौष ८ काठमाडौं उपप्रधान एवं कानून, न्याय तथा संसदीय मामिला मन्त्री उपेन्द्र यादवले पदबाट राजीनामा दिएका छन् । प्रधानमन्त्री केपी शर्मा ओलीलाई सम्बोधन गर्दै यादवले मङ्गलबार एक विज्ञप्ती जारी गर्दै राजीनामा दिएका हुन् ।
समाजवादी पार्टीको आज ललितपुरको बालकुमारीस्थि केन्द्रीय कार्यालयमा बसेको पदाधिकारीको बैठकले सरकारबाट बाहिरिने निर्णय गरेको थियो।
समाजवादी पार्टीका अध्यक्ष समेत रहेका उपप्रधान एवं कानून मन्त्री उपेन्द्र यादवले सोमवारको मन्त्रिपरिषद् बैठकमा राखेको संविधान संशोधनको प्रस्ताव प्रधानमन्त्री ओलीले ठाडै अस्वीकार गरेका थिए। संविधान संशोधनका लागि प्रयास गरौं भनेर अपमान सहेर पनि सरकारमा बसेको तर यस बिषयमा प्रधानमन्त्रीले चासो नदेखाएकाले सरकारबाट बाहिरिने समाजवादी पार्टीका नेताले बताए।
नेकपासँग सहमति गर्दै तत्कालीन संघीय समाजवादी फोरम २०७५ जेठमा सरकारमा सहभागी भएको थियो ।
© 2025 All right reserved to Sunaulonepal.com | Site By : SobizTrend
© 2025 All right reserved to Sunaulonepal.com | Site By : SobizTrend