
पौष ८ काठमाडौं बाग्लुङ्ग जिल्लाको जैमुनी नगरपालिका ८ छिस्तीमा विभिन्न ठाउँमा मोटरबाटो खन्न भनि आएको बजेटलाई जनप्रतिनिधि र राजनैतिक दलहरुले हिनामिना गर्ने नेकपा जैमुनी नगरपालिका ८ का पार्टी सचिब टेकबहादुर रायमाझी क्षेत्री निलम्वित भएका छन।
जनप्रतिनिधि र स्थानीय राजनीतिक दलका नेताहरु समेतको मिलेमतोमा ठेकदारलाई रकम भुक्तानी गर्न भनि वडाबाट कागजात बनाई रकम निकासा गरी सबैको मिलेमतोमा आफ्नै खल्तीमा भरेको सुचना आएपछि वास्तविकताको खोजी गर्दै जाँदा सुचना सहि ठहर भएपछी सुनौलो नेपालले यसबारेमा समाचार सम्प्रेषण गरेको थियो।
नक्कली कागजात बनाई रकम हिनामिना गर्नेहरुमा सत्तारुढ नेकपा जैमुनी नगरपालिका ८ का पार्टी सचिब टेकबहादुर क्षेत्रीले एक लाख पांच सय, स्थानीय जनप्रतिनिधि नेपाली काँग्रेसबाट निर्बाचित वार्ड सदस्य कर्णसिंह पुनले पन्ध्र हजार , राष्ट्रिय जनमोर्चाका जैमुनी ८का अध्यक्ष रघुनाथ पौडेलले पन्ध्रहजार गरी एक लाख पचास हजार भागबन्डा गरी खाएको अडियो प्रमाण सुनौलो नेपाललाई प्राप्त भएको थियो ।
नेकपा जैमुनी नगर कमिटीले आज (मंगलबार) एक विज्ञप्ति जारी गर्दै रायमाझीलाई कारबाही गरेको जनाएको छ।
© 2025 All right reserved to Sunaulonepal.com | Site By : SobizTrend
© 2025 All right reserved to Sunaulonepal.com | Site By : SobizTrend