logo

२०८१ बैशाख १२ बुधबार

logo
  • बुधबार, १२ बैशाख २०८१
  • गरिमा विकास बैंकद्वारा भुरुङ तातोपानीमा एटिएम सेवा सुचारु

    गरिमा विकास बैंकद्वारा भुरुङ तातोपानीमा एटिएम सेवा सुचारु

    2K
    Shares
    गरिमा विकास बैंकद्वारा भुरुङ तातोपानीमा एटिएम सेवा सुचारु

    काठमाडौँ । गरिमा विकास बैंकले भुरुङ तातोपानीमा एटिएम सेवा सुरु गरेको छ । यस विकास बैंकले उत्तरी म्याग्दीको अन्नपूर्ण गाउँपालिका–२, भुरुङ तातोपानीमा मुस्ताङ्ग आउने जाने पर्यटकहरुलाई लक्षित गरि एटिएम सेवाको सुचारु गरेको हो ।

    बिहीवार एक कार्यक्रमका बिच यस विकास बैंकका संचालक दिपेन्द्र श्रेष्ठ र उक्त गाउँपालिका अध्यक्ष भरतकुमार पुनले संयूक्त रुपमा एटिएम सेवाको उद्घाटन गरेका छन् ।

    म्याग्दीकै पर्यटकीय स्थल भुरुङ तातोपानी भएर मुस्ताङ आउने जाने पर्यटकहरुलाई गरिमा विकास बैैंकको एटिएम काउन्टरले आर्थिक कारोबार गर्न सहज हुने अपेक्षा गरिएको एक प्रेष विज्ञप्ती मार्फत बैंकले जनाएको छ ।

    उक्त्र बैंकले नेपालभर १२१ शाखा कार्यालय, ५० एटिएम साथै डिजि बटुवा, डेविट/क्रेडिट कार्ड लगायतका डिजिटल बैंकिङ मार्फत सरल, सुरक्षित एवं गुणस्तरीय सेवा प्रदान गर्दै आईरहेको छ ।

     


    सुनाैलाे नेपाल
    सम्बन्धित समाचार
    ताजा अपडेट
    धेरै पढिएको
      © 2024 All right reserved to Sunaulonepal.com  | Site By : SobizTrend