
पौष ९ काठमाडौं प्रधानमन्त्री केपी शर्मा ओली नेतृत्वको बर्तमान सरकारले दुइ तिहाइको बहुमतको हैसियत गुमाएको छ। समाजवादी पार्टी नेपालले सरकालाई दिएको समर्थन फिर्ता लिएसंगै यो सरकार बहुमतको सरकारमा सिमित भएको हो।
समाजवादी पार्टीले सरकारलाई दिएको समर्थन फिर्ता लिएको जानकारी गराएको छ। पार्टी संसदीय दलको कार्यालय सिंहदरबारमा आयोजना गरिएको पत्रकार सम्मेलनमा समाजवादीले सरकारलाई दिएको समर्थन फिर्ता लिएको जानकारी गराएको हो।
सम्मेलनमा बोल्दै प्रधानमन्त्री केपी शर्मा ओली नेतृत्वको सरकारबाट राजीनामा दिएका पूर्व उपप्रधानमन्त्री उपेन्द्र यादवले अब कम्युनिस्ट सरकारको दुईतिहाइको दम्भ समाप्त भएको बताएका छन् । उनले प्रतिपक्षमा बसेर संविधान संशोधनका लागि प्रयास गरिराख्ने पनि बताए।
© 2025 All right reserved to Sunaulonepal.com | Site By : SobizTrend
© 2025 All right reserved to Sunaulonepal.com | Site By : SobizTrend