logo

२०८१ मंसिर ८ शनिबार

logo
  • शनिबार, ८ मंसिर २०८१
  • बुद्धका उपदेश र मार्गदर्शन आत्मसात गर्नुपर्छ: प्रदेश प्रमुख

    बुद्धका उपदेश र मार्गदर्शन आत्मसात गर्नुपर्छ: प्रदेश प्रमुख

    1.4K
    Shares
    बुद्धका उपदेश र मार्गदर्शन आत्मसात गर्नुपर्छ: प्रदेश प्रमुख

    कर्णाली । कर्णाली प्रदेशका प्रमुख तिलक परियारले बुद्धका कालजयी उपदेश र मार्गदर्शनलाई आत्मसात् गर्नुपर्ने बताएका छन् ।

    विश्व शान्तिका अग्रदूत गौतम बुद्धको २५६७औँ जन्मजयन्तीका अवसरमा बौद्ध धर्मावलम्बीसहित सम्पूर्ण कर्णालीवासी, स्वदेश तथा विदेशमा रहेका नेपाली दिदीबहिनी तथा दाजुभाइमा सुख, शान्ति र समृद्धिको हार्दिक शुभकामना व्यक्त गर्दै उनले बुद्ध दर्शनले अहिंसा, सद्भाव, मानव कल्याण र मानिस जातिकै जीवनमा शान्तिको बाटो देखाएकाले हरेकले बुद्ध वचन पछ्याउनुपर्ने बताएका छन् ।

    आज एक शुभकामना सन्देश जारी गर्दै उनले भनेका छन्, ‘वैशाख शुक्ल पूर्णिमा आजकै दिन गौतम बुद्धको जन्म, ज्ञान प्राप्ति र महापरिनिर्वाणको त्रि–संयोगलाई विश्वभरका बौद्ध धर्मावलम्बीद्वारा उहाँप्रति श्रद्धा एवं भक्तिभाव प्रकट गर्ने पवित्र दिवसका रूपमा बुद्ध जयन्ती मनाउने गर्दछन् । बुद्धले सम्पूर्ण मानवजगत्को कल्याण गर्न राजर्षि सुख त्याग गरी कठोर तपस्या र कठिन परिश्रमबाट बोधी ज्ञान प्राप्त गर्नुभएको थियो । उहाँकै योगदानले नेपाल विश्वको शान्तिको देश भनेर चिनिएको छ ।’

    उनले बुद्ध दर्शनलाई आत्मसात गर्दै धार्मिक, सामाजिक तथा सांस्कृतिक विविधताबीच आपसी सद्भाव, सहिष्णुता र बन्धुत्वको भावना अभिवृद्धि गराई बृहत् राष्ट्रिय एकता निर्माण गर्ने बाटोमा सदैव अग्रसर रहन सबैमा हार्दिक अपिल गरेका छन् ।

    ‘यस अवसरमा सबैलाई मिलेर अगाडि बढ्न प्रेरणा मिलोस् र संविधानको सफल कार्यान्वयनसहित राष्ट्रियता तथा पारस्परिक एकतालाई थप मजबुत बनाउन सबैलाई अभिप्रेरित गर्न सकोस्’, उनले भनेका छन् ।


    सुनाैलाे नेपाल
    सम्बन्धित समाचार
    ताजा अपडेट
    धेरै पढिएको
    © 2024 All right reserved to Sunaulonepal.com  | Site By : SobizTrend