
पौष १० काठमाडौं एक नेपाली युवतीलाई विभिन्न प्रलोभनमा पारेर ‘बलि’ दिनका लागि भारत लैजाँदै गर्दा पक्राउ परेका सात जनालाई प्रहरीले सार्वजनिक गरेको छ। बिहीवार महानगरीय प्रहरी परिसर काठमाडौंले पत्रकार सम्मेलन गर्दै उनीहरुलाई सार्वजनिक गरेको हो।
पक्राउ पर्नेहरुमा नवलपरासीकी २६ वर्षीय कृष्णा तामाङ, सप्तरीका ४१ वर्षीय उमेश शाह, ३५ वर्षीय उमेश माझी, मोरङका ५१ वर्षीय दिलीप पोदार, धादिङकी २४ वर्षीय दिलकुमारी बुढामगर, धादिङकी २६ वर्षीय प्रेममाया तामाङ रहेका छन्।
उनीहरूलाई तीन दिनको विशेष अप्रेसनपछि पक्राउ गरिएको महानगरीय प्रहरी परिसर काठमाडौंले जनाएको छ ।
© 2025 All right reserved to Sunaulonepal.com | Site By : SobizTrend
© 2025 All right reserved to Sunaulonepal.com | Site By : SobizTrend