logo

२०८१ मंसिर ८ शनिबार

logo
  • शनिबार, ८ मंसिर २०८१
  • भ्रष्टाचारीहरुलाई कानूनअनुसार कारबाही हुन्छः प्रधानमन्त्री

    भ्रष्टाचारीहरुलाई कानूनअनुसार कारबाही हुन्छः प्रधानमन्त्री

    840
    Shares
    भ्रष्टाचारीहरुलाई कानूनअनुसार कारबाही हुन्छः प्रधानमन्त्री

    काठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दाहालले भ्रष्टाचारीहलाई कारबाही गर्नेकुरामा सरकार दृढताकासाथ अघि बढ्ने प्रतिवद्धता जनाएका छन् ।

    शनिवार सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रीपरिषद्को कार्यालयमा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीसँगको भेटपछि सञ्चारकर्मीहरुसँग कुरा गर्दै उनले यस्तो बताएका हुन् ।

    प्रधानमन्त्री दाहालले भ्रष्टाचारबिरुद्धको सरकारको अभियान नरोकिने स्पष्ट पारे । उनले भ्रष्टाचारबिरुद्धको अभियान प्रक्रिया र पद्धतिअनुसार अघि बढ्ने बताए । उनले दोषी नछुटाउने र निर्दोषी नफस्ने गरी काम गर्ने प्रतिबद्धता जनाए ।

    उनले भने, ‘यो अभियान रोकिँदैन, प्रक्रिया, पद्धतिअनुसार दृढताकासाथ अघि जान्छ । दोषी कोही नछुट्न्, निर्दोष कोही नपरुन् भन्ने मान्यताबाट हामी अघि बढ्छौँ । म दबाबमा पर्दिन, कारबाही अघि बढ्छ ।’

    प्रधानमन्त्री दाहालले आफू कसैको पनि दबाबमा नपरीकन काम गर्ने बताए ।


    सुनाैलाे नेपाल
    सम्बन्धित समाचार
    ताजा अपडेट
    धेरै पढिएको
    © 2024 All right reserved to Sunaulonepal.com  | Site By : SobizTrend