शनिबार, जेष्ठ १० २०८२

शनिबार, जेष्ठ १० २०८२

सत्तारुढ दल नेकपाले सभामुख टुंगो नलगाउँदा संसद बैठक १६ गतेलाई सर्यो

सत्तारुढ दल नेकपाले सभामुख टुंगो नलगाउँदा संसद बैठक १६ गतेलाई सर्यो

काठमाडौँ सत्तारुढ दल नेकपाले सभामुख टुंगो नलगाउँदा संसद बैठक १६ गते सम्मको लागि स्थगित भएको छ । आज आज दिउँसो एक बजेका लागि बोलाइएको बैठक आगामी पुष १६ गते दिउँसो एक बजेसम्मका लागि स्थगित भएको हो ।आजको बैठकमा सभामुख चयनको प्रक्रिया सुरु हुने कार्यतालिका थियो । तर सत्तारुढ नेकपाले सभामुख कसलाई बनाउने भन्ने टुंगो लगाउन नसकेका कारण सूचना टाँस गरेर संसद बैठक स्थगित भएको हो

सभामुखका लागि नेकपाभीत्र पूर्व एमाले र पूर्व माओवादी खेमाले दाबी प्रस्तुत गरेका छन् । तर उपसभामुख तुम्वाहाम्फेले आफूलाई सभामुख बनाउने भए मात्रै राजीनामा दिने अडान लिएपछि सहमति जुट्न सकेको छैन ।सभामुख चयनबारे नेकपाका दुई अध्यक्ष केपी शर्मा ओली र पुष्पकमल दाहालबीच अहिले बालुवाटारमा बैठक बसिरहेको छ ।
यता उपसभामुख शिवमाया तुम्वाहाम्फेले सत्तारुढ नेकपाका प्रमख सचेतक देव गुरुङ र प्रमुख विपक्षी नेपाली कांग्रेसका सचेतक बालकृष्ण खाँणसँग छलफल गरिरहेकी छन् ।

ताजा अपडेट
लोकप्रिय
सम्बन्धित समाचार

© 2025 All right reserved to Sunaulonepal.com | Site By : SobizTrend

© 2025 All right reserved to Sunaulonepal.com | Site By : SobizTrend