
पौष ११ काठमाडौं साझा पार्टीका संयोजक रविन्द्र मिश्रले व्यक्तिगत स्वार्थका कारण देश सफल हुन नसकेको बताएका छन् । चितवनमा आयोजित नेपाल जेसिजको ४५ औं राष्ट्रिय महाधिवेशनमा बोल्दै मिश्रले व्यक्ति सफल भएको तर देश सफल हुन नसकेको बताएका हुन्।
पहिलाको पुस्ता गरिब, रुढिबादी भएपनि अहिलेको पुस्ताजस्तो भ्रष्ट, अनैतिक र अव्यबस्थित नभएको उनको भनाइ थियो। अघिल्लो पुस्ताले अहिलेको जस्तो असभ्य समाज छोडेर गएको थिएन उनले भने तर हाम्रो पुस्ताले युवाहरुलाई रोजगारीका लागि विदेशिनुपर्ने अबस्थाको सृजना गरिदियो।
मुलुकलाई स्वतन्त्र गराउन नेताहरुले ठुलो संघर्ष र बलिदान गरे पनि प्राप्त उपलब्धिलाई प्रभावकारी रुपमा उपयोग गर्न नसकेको बताए। अधिकारको लडाईबाट प्राप्त उपलब्धिलाई विकासको लडाईसंग जोड्न सकिएन भने व्यक्ति सफल हुने तर देश सफल हुन नसक्ने उनको जिकिर थियो।
© 2025 All right reserved to Sunaulonepal.com | Site By : SobizTrend
© 2025 All right reserved to Sunaulonepal.com | Site By : SobizTrend