
पौष ११ काठमाडौं छालाका लागि जाडो अनुकूल समय होइन । यस्तोमा बाहिरी वातावरण सुख्खा हुने भएकाले यसको सीधा असर छालामा पर्छ । धेरै मानिसलाई जाडोमा छालाको समस्याले सताउने गर्छ। विज्ञका अनुसार छालाको समस्याबाट बच्न निम्नानुसारका कुराहरुमा बिशेष सतर्कता अपनाउनुपर्छ।
जाडो छल्नका लागि प्रयोग गरिने हिटर, एसी वा आगो ताप्दा छाला सुक्खा हुने जोखिम रहन्छ । यसबाट बच्न मोस्चराइजरको प्रयोग गर्न सकिन्छ । छाला सुक्खा हुन नदिन खानपानमा ध्यान दिनुपर्ने हुन्छ । झोलिलो खानेकुरा बढी खानुपर्छ । एभाकाडो, ओखर, ओलिभको तेललाई दैनिक रूपमा कुनै न कुनै खानासँग मिसाएर खानु राम्रो हुन्छ ।
धूम्रपान, मध्यपान र क्याफिनयुक्त खानेकुराबाट टाढा रहनुपर्छ । जाडो मौसममा शरीरलाई प्रशस्त पानी आवश्यक हुन्छ । दैनिक कम्तीमा दुई देखि तीन लिटर पानी अनिवार्य रूपमा पिउन आवश्यक हुन्छ । पानीले शरीरमा रहेका विकारयुक्त वस्तु बाहिर निकाल्नुका साथै छालालाई स्वस्थ राख्छ ।
चिसो मौसममा शरीर ढाक्ने लुगा लगाउनुपर्छ । तर, अघिल्लो वर्ष थन्क्याएर राखेका लुगा सीधै प्रयोगमा ल्याउनुहुँदैन । दराजमा लामो समयसम्म राखेका लुगा सीधै प्रयोगमा ल्याउँदा छालामा एलर्जी हुन सक्छ । यस्ता कपडा सुकाएर, आइरन गरेर वा धोएर मात्र प्रयोगमा ल्याउनुपर्छ ।
© 2025 All right reserved to Sunaulonepal.com | Site By : SobizTrend
© 2025 All right reserved to Sunaulonepal.com | Site By : SobizTrend