काठमाडौँ । प्रतिनिधि सभा पद्मप्रसाद पाण्डेय र राष्ट्रिय सभाका सचिव सुरेन्द्र अर्याल नवनियुक्त सचिव द्वयले पदभारग्रहण गरेका छन्।
प्रतिनिधि सभा सचिव पाण्डेय र राष्ट्रिय सभा सचिव अर्यालले आइतबार शपथ लिएपछि पदभारग्रहण गरेका हुन्।
सभामुख देवराज घिमिरेले प्रतिनिधि सभा सचिव र राष्ट्रिय सभा अध्यक्ष गणेशप्रसाद तिमिल्सिनाले राष्ट्रिय सभा सचिव सिफारिस गरेपछि राष्ट्रपतिले नियुक्त गरेका थिए।
प्रतिनिधि सभा सचिव नायव महान्यायाधीवक्ता हुन् भने राष्ट्रिय सभा सचिव संसद सचिवालयकै सहसचिव हुन्।