
पौष ११ काठमाडौं फिलिपिन्सको एउटा सानो गाउँ बिनालोननमा कुरा काट्न प्रतिबन्ध छ । उत्तरी मनिलाबाट करिब दुई सय किलोमिटर टाढा रहेको उक्त गाउँमा कुनै पनि हल्ला नफैलिओस् भन्नका लागि अधिकारीले नयाँ स्थानीय कानून नै बनाए ।न याँ कानून अनुसार नचाहेको हल्ला फैलाउनेलाई शहरको फोहोर संकलन गर्न लगाइन्छ ।
पहिलो पटक कुरा काट्नेले ३.८ डलर तिर्नुपर्ने हुन्छ भने तीन घण्टासम्म सडकको फोहोर बटुल्नुपर्छ । साथै त्यही कुरा दोहोराउनेले २० डलरसम्म तिनुपर्छ । उनीहरुले आठ घण्टासम्म फोहोर बटुल्नुपर्छ ।
तर उक्त कानूनले के लाई कुरा काटेको मान्ने भनेर निश्चित मापदण्ड भने तोकेको छैन । यो नयाँ कानून अचम्मको लागेपनि बिनालोननको छिमेकी गाउँ मोरेनो गाउँमा सन् २०१७ देखि लागू गरिँदै आएको छ । त्यहाँका स्थानीयले सार्वजनिक रुपमा कुरा काटेका कारण करिब १० डलर जरिवाना तिरिसकेका छन् भने दिउँसोको समयमा फोहोर संकलन गरिसकेका छन् ।
© 2025 All right reserved to Sunaulonepal.com | Site By : SobizTrend
© 2025 All right reserved to Sunaulonepal.com | Site By : SobizTrend